काठमाडौँ l डोटीस्थित आदर्श गाउँपालिका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष रण नेपाली रक्सीको तालमा एमाले प्रवेश गरेको भनि क्षमायाचना गरेका छन् ।
आफुलाई रक्सी खुवाएर मातेको तालमा एमाले प्रवेश गराएको आरोप लगाउदै नेपालीले लिखित विज्ञप्तीमार्फत जानकारी गराएका छन् । शनिबार जारी विज्ञप्तिमा उनले आफूलाई रक्सी खुवाएर त्यस्तो कार्य गरिएको व्यहोरा उल्लेख गरेका हुन् ।

आफू एमालेमा नगएको र माओवादी केन्द्रमै रहेको उल्लेख गर्दै उनले रक्सी खाएर अर्को पार्टीको सदस्यता लिएको कमी कमजोरीप्रति भने क्षमायाचना गरेका छन् ।