शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रचण्ड: सरकारमा बसेर सडकमा हंगामा !

सोमबार, फाल्गुन ९ २०७८

काठमाडौँ l मुलत सरकारलाई आफ्ना मुद्दामा ध्यानाकर्षण गराउन सडकमा विभिन्न किसिमका प्रदर्शन हुने गर्दछन l प्रदर्शनको स्वरूप कैले हिंसात्मक त कैल कलात्मकरहेको पाइन्छ l तर नेकपा मावोबादी भने आफै सरकारमा बसेर आफै सडकमा हिंसात्मक प्रदर्शनमा उत्रिएको छ l

सरकारमा पनि बस्ने, सरकारकै प्रस्तावविरुद्ध सडकमा पनि उत्रिनुले अमेरिकी सहायता परियोजना (एमसीसी)मा माओवादीको दोहोरो भूमिका खेलेको बन्दै आलोचना भएको छ । आईतबार पुष्पकमल दाहाल प्रचण्डले गठवन्धनको बैठकमा एमसीसी टेवल गर्न सहमति जनाए तापनि एमसीसीसम्बन्धी प्रस्ताव पेश भएपछि आफ्नो बचाउ गरेका छन् l 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने पनि बताएका छन् । एसमसीसीको विरोधमा उत्रिएका नेता-कार्यकर्तामाथि भएको ‘प्रहरी दमन’ को विरोध समेत गरेका छन् । साथै, घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन् ।

‘एमसीसी टेबुल गर्नु हुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको विरोध गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’, उनले लेखेका छन् । यसअघि विरोधमा रहेको माओवादी केन्द्र आइतवार बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा एमसीसी संसदमा लैजान तयार भएको थियो।

संसदमा पनि माओवादी केन्द्रका सांसदहरु कृष्णबहादुर महरा र बिना मगरहरु विरोधमा उत्रिएका थिए। तर अध्यक्ष प्रचण्ड आफैं भने आसनमै रहेर मौन बसेका थिए । संसद बैठकमा माओवादी प्रमुख सचेतक देव गुरुङले संशोधन बिना एमसीसी अघि बढाउन नसकिने भन्दै आफूहरुको मत विपक्षमै रहेको प्रष्टीकरण दिएका थिए ।