काठमाडौं। अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्ताव आज सदनमा प्रस्तुत हुने भएको छ। सत्ता गठबन्धनको बैठक बसी दलका आफ्ना धारणा र नोट अफ डिसेन्टबीच सदन छिराउने सहमति बन्ने बताइएको छ।
पटक–पटक समय माग गरी एमसीसीबारे धारणा बनाउन सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रको नोट अफ डिसेन्ट हुने बताइएको छ। यस्तै नेकपा एकीकृत समाजवादीले एमसीसी टेबुल गर्न दिने निर्णय गरिसकेको छ।
अमेरिकी सहायता परियोजना एमसीसी प्रस्तावका कारण नै नेपालमा भूराजनीतिक समस्या आएको बताइएको छ। यहि प्रकरणमा अमेरिका र चीन नेपालमा आमने सामने आइसकेका छन्।
राजनीतिक रुपमा गिजोलिएको एमसीसी प्रकरणमा एमालेले प्रष्ट धारणा राखिसकेको छैन। उसले प्रतिनिधि सभामा नेकपा एकीकृत समाजवादीमा रहेका र आफूले कारबाही गरेका १४ जना सांसद ननिकालेसम्म विरोध जारी राख्ने जनाइरहेको छ।
एमालेको विरोधबीच एमसीसी पारित हुने सम्भावना छैन।