बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या फेरि बढ्यो

बिहिबार, फाल्गुन ५ २०७८

नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९११ पुगेको छ।

बिहीबार १ हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १६ हजार ६१६ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार २८ पीसीआर तथा २ हजार ७६१ एन्टिजेन परीक्षण भएको छ।