बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा १९ अंकको पहिरो दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए

बुधबार, फाल्गुन ४ २०७८

काठमाडौ,
नेप्सेमा पहिरो गएको छ । अघिल्लो दिन बढेको नेप्से आज बुुधबार भने १९ दसमलव ८४ अंकले घटेर २७ सय ३४ दसमलव ४४ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दसमलव ४७ अंकले घटेर पाँच सय १८ दसमलव ६६ अंकमा पुगेको छ । दुई सय ३१ वटा कम्पनीहरुको ३९ हजार छ सय ६८ पटकको कारोवारमा ५६ लाख ५२ हजार एक सय ८२ कित्ता शेयर किनबेच भएकाछन भने कारोवार रकम तीन अर्ब दुई करोड ६३ लाख ३० हजार सात सय ८४ रुपैयाँ पुगेको छ ।  
आज १३ वटा समुहको कारोवार भएकोमा ११ वटा समुहको सुचक घटेपनि दुई वटा समुहको सुचक भने बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव २९ अंकले घटेर १७ सय ४६ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि ४२ दसमलव नौ अंकले घटेर २३ सय २५ दसमलव २९ अंकमा पुुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि एक सय छ दसमलव ८१ अंकले घटेर १२ हजार चार सय ५७ दसमलव १७ अंकमा पुग्दा बिकास बैक, जल बिद्युत,ट्रेडिग , होटल तथा पर्यटन, उत्पादनमुलक, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन । जीवन बीमा र अन्य समुहको सुचक भने बढेकाछन ।

 
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा गुराँस लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा अपी पावर लिमिटेड परेको छ ।