शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

एमसीसीलाई प्रचण्डको धोकाधडी

बुधबार, फाल्गुन ४ २०७८

काठमाडौं। अमेरिकी आर्थिक सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धोका दिएका छन्।

असोजमा पत्र लेखी ५ महिनाको समयसीमाभित्र पारित गराउने प्रतिबद्धता गरेका प्रचण्डले पार्टीको संसदीय दलको बैठकमा एमसीसी पारित नगराउने प्रस्ताव रोखका थिए।

बुधबार बसेको बैठकमा प्रचण्डले प्रस्ताव गरेअनुसार एमसीसीको विपक्षमा उभिने निर्णय भएको एक सांसदले बताए। गठबन्धनमा सहमति गराएर जसरी पनि पारित गराउने भनी प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त हस्ताक्षर गरी एमसीसीलाई पत्र लेखेका थिए।

‘उता आन्दोलनका लागि निर्देशन दिइएको थियो। जनताको तिव्र विरोध भएपछि एमसीसीका पक्षमा उभिन सकिएन’, एक नेताले भने।