शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

माओवादी केन्द्रको संकेत : एमसीसी वा सरकार

बुधबार, फाल्गुन ४ २०७८

काठमाडौँ l नेकपा (माओवादी केन्द्र) का प्रवक्ता कृष्णबहादुर महराले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न माओवादी सहयोगी नबन्ने बताएका छन् ।

पूर्व सभामुख समेत रहेका महराले मंगलबार माओवादी केन्द्र कोहलपुर नगर समिति, बाँकेको विस्तारित बैठकलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् । उनले माओवादी एमसीसीको पक्षमा नरहेको बताएका छन् । माओवादीका प्रभावशाली नेता महराले संसदबाट एमसीसी पारित गर्न खोजिए बर्तमान सरकार ढल्न सक्ने संकेत गरेका छन् ।

‘गठबन्धन सरकारलाई जोगाउने हो भने एसीसी रोक्नु पर्छ,’ उनले भने, ‘यो परियोजना नेपालको हितमा छैन । केही दिनभित्रै एमसीसीबारे टुंगो लाग्ला ।’ महराले आफू सभामुख हुँदा एमसीसीलाई संसदमा टेबुल गर्न अस्वीकार गर्दै आएको चर्चा छ । एमसीसीलाई संसदमा प्रवेश नदिएकै कारण तत्कालीन प्रधानमन्त्री केपी ओली अहिलेका सभामुखसँग जस्तै महरासँग पनि रुष्ट थिए ।