काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अश्लील शव्द प्रयोग गर्दै अपहरण गर्ने धम्की दिएको भिडिओ संवाद बाहिरिएको छ।
सामाजिक सञ्जालमा कमेन्ट गरेको विषयलाई लिएर भारतको मुम्बई बस्ने मन्त्री आलेका परिचित व्यक्तिसँगको यो संवादको भिडिओ अहिले भाइरल भइरहेको छ।
मन्त्री जस्तो पदमा बसेर मनपरी र आमाचकारी गाली गरेको भनी उनको सर्वत्र आलोचना भइरहेको छ। उनलाई मन्त्री पदबाट तुरुन्त हटाउनका लागि माग समेत गरिएको छ।
पछिल्लो समय पर्यटन मन्त्रालयमा उनको सक्रियता देखिएको भन्दै सम्बद्ध नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रशंशा गरेका थिए।