काठमाडौँ l २०५२ फागुन १ गतेबाट राजतन्त्रको अन्त्यसँगै गणतन्त्र नेपालको स्थापना गर्ने महान उद्देश्य र लक्ष्यका साथ माओवादीले सुरु गरेको जनयुद्धको २६ वर्ष पुरा भएको छ l प्रदेशमा २७औं जनयुद्ध दिवस जुम मिटिङ्गमार्फत भब्यरुपमा सम्पन्न भएको छ l रोजीरोटीको लागि विश्वभर छरिएर बसेका तत्कालीन लालसेनाका युवाहरूको साझा मंच नेपाली जनप्रगतिशील मंच युरोपले फागुन १ अर्थात् फ्रेब्रुअरी १३मा २७ औ जनयुद्ध दिवसको कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा युरोपभर रहेका जनप्रगतिशील मञ्चका राष्ट्रिय समितिहरुको सहभागिता रहेको थियो । सचिव रणबहादुर खाति क्षेत्रीद्वारा संचालित कार्यक्रममा मञ्चका अध्यक्ष सुरेन्द्र भुसालको अध्यक्षता रहेको थियो l कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च युरोपका विभिन्न पदाधिकारीहरुको उपस्थित रहेको मञ्चका बेलायत सचिव एवंम् प्रचार विभाग प्रमुख बिनय बुढाथोकीले जानकारी दिएका छन्।
मंचकी बेलायत महासचिव बिमला लिम्बुले मन्तव्य राख्दै युरोप समितिमा जोडीदा खुसी रहेको बताउदै जनयुद्धले दिलाएको ऐतिहासिक उपलब्धीको अझै पनि सम्मान हुन नसकेको तितो यर्थाथता पोखिन् l साथै जनयुद्धका समयमा ज्यानको आहुति दिएका सम्पूर्ण सहिदहरुलाई सम्झदै श्रद्धाञ्जली अर्पण गरिन ।
मञ्चकी बेल्जियम महिला संयोजक शुष्मा भुशालले युद्धमा परेर निधन भएका शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुप्रति उच्च सम्मान प्रकट गरिन ।त्यसैगरी सुकमान लामाले शहिदहरु र माओले देखाएको बाटोमा निरन्तर हिड्नुपर्ने बताए l
कार्यक्रममा बोल्दै मंचका डेनमार्कका संगठन विभाग प्रमुख उदयराज गौतमले संसदीय व्यवस्थाका कारण देश खाडलमा गइरहेको धारणा राख्दै जनयुद्धमा घाइते र बेपत्ता भएकाहरुलाई उचित राहत दिन जरुरी रहेको बताए । गौरवशाली पार्टी माओवादी केन्द्रले जनयुद्धबाट प्राप्त उपलब्धीहरुको रक्षा र संस्थागत गर्नका लागि अझै योगदान गर्नुपर्ने बेल्जियमकी नेतृ कल्पना मगरले बताएकी छन् l
कार्यक्रममा बोल्दै मंचकी स्पेन पूर्वमहासचिव गंगा भुषालले शहिदका सपनाहरु पूरा गर्न नेतृत्व पक्षलाई घच्घचाउनुपर्ने आवश्यक्ता भैसकेको बताए भने बेल्जियमबाट नेतृ निर्मला बजगाईले देशलाई बन्धक बनाएर राख्नेहरुलाई परास्त गर्दै जनयुद्ध दिवसको सार्थकता चरितार्थ गर्नुपर्ने औल्याइन ।
यस्तै नेतृ जानुका धमलाले व्यवस्था परिवर्तन भएपनि जनताको जिवन परिवर्तन हुन नसक्नुमा संसदीय व्यवस्था मुल कारण भएको बताइन । सम्बोधन कै क्रममा बेल्जियमकी दिल्ली भण्डारीले माओवादी पार्टी टुटफुट हुदा नै जनयुद्धबाट प्राप्त उपलब्धी जोगाउन कठिन भएको र एकतावद्ध बनाउन नेतृत्व पक्षलाई दबाब दिनुपर्ने धारणा राखे ।
बेल्जियमबाट सहभागी दुर्गाप्रसाद सुबेदीले देश रहे मात्र आफुहरु रहने नत्र कोही पनि नरहने धारणा व्यक्त गरे भने अर्का वक्ता मनिष गुरुङले ज्यानको बाजी थापेर समाज परिवर्तनका लागि युद्धमा होमिएका योद्धाहरुलाई सम्झदै परिवर्तनको नाममा नेपाली जनता अझै पीडित नै रहेका धारणा राखे ।
यस्तै नर्वेबाट अर्का वक्ता डा. कृष्ण अर्यालल संविधान निर्माणमा माओवादी पार्टीको योगदान स्मरण गर्दै पछिल्लो समय भैरहेको राजनैतिक घटनाक्रम र सर्वोच्च अदालतका प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग कतै एमसीसी पारित गर्ने सौदावाजी खेल त होइन ? भन्दै चिन्ता व्यक्त गरे ।
मंचका पोर्चुगल अध्यक्ष दावा लामाले जब–जब देशमा संकट आउँछ तब–तब मात्र जनयुद्धको कुरा स्मरण हुने गरेकोमा दुःख व्यक्त गरे भने पोर्चुगल समितिका पूर्वअध्यक्ष राजेन्द्र गौतमले शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै जनयुद्धका घाइते योद्धाहरुलाई राज्यले सहयोग गर्नुपर्ने कुरा उठाए ।
यस्तै कार्यक्रममा नेपाली जनप्रगतिशील मंच बेल्जियमका इन्चार्ज जीतबहादुर लामाले सम्पूर्ण शहिदप्रति भावपुर्ण श्रद्धांञ्जली व्यक्त गरेका थिए भने युकेबाट उपाध्यक्ष शेरसिङ ठकुरी, कृष्ण खनाल, बेल्जियमबाट जित लामा, सुशिला खतिवडा, सुइजरल्याण्डबाट युबराज फुयाल, फ्रान्सबाट सुमन पौडेल, जर्मनीबाट गोबिन्द भण्डारी, इटलीबाट रामशरण सिमखडा, डेनमार्कबाट महेन्द्र खड्का, महेस खाती तथा नेदरल्याण्ड्सबाट संघर्ष केसीले जनयुद्धको सार्थकता र वर्तमान अवस्थामा माओवादी पार्टीले निभाउनुपर्ने भूमिकाको बारेमा चर्चा गरेका थिए ।
२७ औं जनयुद्ध दिवस कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले विश्वभरि नै फागुन १ गते जनयुद्ध दिवस भव्यतापूर्वक मनाइएकोमा खुसी व्यक्त गरे । उनले जनयुद्धले नै आज संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिताजस्ता उपलब्धी जेजति उपलब्धी प्राप्त भएको र देशमा रोजगारी, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा आमूल परिवर्तन आएको बताए ।
उनले जनयुद्ध पश्चात शान्ति प्रकृयामा आएपछि माओवादी पार्टीले आफ्ना गल्ती तथा कमिकमजोरीको आत्मसमीक्षा गर्दै व्यापक सुधार गरिरहेको बताउदै अझै यस पार्टीमा आवद्ध सबै सदस्यहरुले राष्ट्रका लागि योगदान पु¥याउन तल्लिन रहनुपर्ने बताए । उनले युरोपमै बसेर पनि नेपालका गाउँघरमा जागरण ल्याउन तथा परिवर्तनका लागि र माओवादी पार्टीको शसक्तिकरणका लागि सशक्त भूमिका निभाउन सबैलाई आग्रह गरे ।
यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रवास समन्वय समीतीका सचिव टीबी पाठकले जनयुद्धमा सामेल भएर शहागत प्राप्त गर्ने शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनयुद्ध दिवसको बारेमा गहन चर्चा गरेका थिए ।
कार्यक्रममा नेपाली जनप्रगतिशील मंच यूरोपका संयोजक तथा अध्यक्ष सुरेन्द्र भुसालले नेपाल गम्भिर संकटमा रहेको भन्दै सिंगो युरोपका नेपाली जनप्रगतिशील मंचका पदाधिकारीहरुले विभिन्न तह–तप्कालाई गोलबद्ध बनाउदै विशेष भूमिका खेल्नुपर्ने आवश्यक्ता औल्याए । उनले फागुन १ गते जनयुद्ध सुरुवात भएको विशेष दिन भएको स्मरण गराउदै मंचका विभिन्न राष्ट्रिय समितिहरूले देशप्रति चासो तथा चेतना जगाउदै केन्द्रलाई झक्झकाउन आग्रह गर्दै कार्यक्रममा सहभागी सम्पुर्णलाई आभार व्यक्त गरे ।