शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राणा वहिर्गमन पश्चात कार्कीको सक्रियता !

सोमबार, फाल्गुन २ २०७८

काठमाडौँ l महाअभियोग लागेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बित भएपछि कायम मुकायम प्रधान न्यायाधीश बनेका दीपककुमार कार्कीले सोमबार सर्वोच्च अदालतको फुलकोर्ट  बैठक बोलाएका छन्।

राणालाई महाअभियोग लागेपछि विकसित घटनाक्रमबारे छलफल गर्न कार्कीले फुलकोर्ट बैठक बोलाएका हुन्।

पछिल्लो समय प्रधान न्यायाधीश राणाको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन आन्दोलनरत बनेपछि दुई धारमा बाँडिएका न्यायाधीशहरु फुलकोर्ट बैठकमा सहभागी हुने भएका हुन्।