शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमसीसी अस्विकार गर्दा देशको छवि विग्रिने कांग्रेसको भनाई, सबैलाई मनाएर पास गराउने

बिहिबार, माघ २७ २०७८

काठमाडौं । नेपाली कांग्रेसले एमसीसी जसरी नि पास गराउने निर्णय गरेको छ । आज बसेको कार्य सम्पादन समिति बैठकमा एमसीसी पारित गर्ने र जनतालाई यसबारे बुझाउनुपर्ने विषयमा नेताहरू एकमत भएसँगै कांग्रेस एमसीसीका पक्षमा पछि नहट्ने भएको हो ।

बैठकमा सभापति शेरबहादुर देउवाले एमसीसीको बारेमा ब्रिफिङ गर्न पूर्वअर्थमन्त्री डा रामशरण महतलाई समय दिएका थिए । महतले लामो व्याख्या गर्दै एमसीसी पारित गरेर जानुपर्ने सुझाव दिएको बैठकपछि पूर्वमहामन्त्री डा शशांक कोइरालाले बताए ।

५५ अर्ब रूपैयाँको अमेरिकी अनुदान सडक र प्रसारण लाइनका लागिमात्र भएकाले यसमा अलमल गर्न आवश्यक नरहेकको कोइरालाले बताए ।

कांग्रेस बैठकमा एमसीसी अश्वीकार गर्दा अन्तर्राष्ट्रिस्तरमा देशको छवि बिग्रिन सक्ने भन्दै गठबन्धनका दलहरूलाई पनि मनाएर जनतालाई कन्भिन्स गर्नुपर्ने सुझाव आएको छ ।