बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

काठमाडौं महानगरका विद्यार्थीलाई आजदेखि फाइजर खोपको दोस्रो डोज

सोमबार, माघ २४ २०७८

काठमाडौं ।  काठमाण्डौ महानगरपालिकाले आजदेखि विद्यार्थीलाई कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा वितरण गर्दैछ ।

खोपका लागि महानगरपालिकाको ३२ वटै वडाको विद्यालयमा खोप केन्द्र तोकिएको छ ।

१२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने छ ।  

खोप अभियान आउँदो फागुन ५ गतेसम्म चल्नेछ ।