बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सेनेगल अफ्रिका च्याम्पियन

सोमबार, माघ २४ २०७८

काठमाडौँ l अफ्रीका कप अफ नेसन्स फुटबलको उपाधि सेनेगलले जितेको छ ।

आइतबार राति भएको फाइनलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा हराउँदै सेनेगल च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा सेनेगल ४-२ ले विजयी भयो ।

पेनाल्टीमा सेनेगलका साडियो माने, बाम्बा डिङ, अब्डोउ डिआलो र कालिडोउ कुलीबालीले गोल गरे । तर, बोउना सार गोल गर्न चुके ।

इजिप्टका अहमेद सायद र मार्वान हाम्दीले गोल गरे । मोहनद लासहेन र मोहमद अब्देलमोनेम पेनाल्टीमा चुके । 

खेल पेनाल्टीमा जानु अघि दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्।

खेलको सातौं मिनेटमा सेनेगलका साडियो माने पेनाल्टीमा चुकेका थिए । उनको प्रहार इजिप्टका गोलकिपर मोहमद अबुगाबलले बचाएका थिए ।

सेनेगलले पहिलो पटक अफ्रीका कप अफ नेसन्सको उपाधि जितेको हो ।

इजिप्ट भने आठौं पटक उपाही जित्न असफल भएको छ ।