काठमाडौँ l नेपालमा आइतबार १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ५१ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३ सय ८६ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घन्टामा ८ हजार ७ सय ४ जना निको भएका र सोही अवधिमा ११ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।
बताइएअनुसार आज थपिएका समेत देशभर ४५ हजार २ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् ।