शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राष्ट्रियसभा चुनावमा भएको अन्तरघातबारे एमालेले छानबिन गर्ने

बिहिबार, माघ २० २०७८

काठमाडौँ l नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ। एमालेको बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघ १२ गते भएको राष्ट्रिय सभाको चुनावमा अन्तर्घात गर्नेलाई छानबिन गरी कारबाही गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय गरेको हो। 

राष्ट्रिय सभाको निर्वाचनमा एमालेले एक सिट मात्र जितेको थियो। आजको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेश कमिटीलाई छानबिन गर्न निर्देशन दिने निर्णय गरेको हो। 

यस्तै बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न आफ्नो नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि एमालेले यस्तो निर्देशन दिएको हो। 

बैठकले प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय गरेको  छ।