शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

लिपुलेक विवादबारे यस्तो आयो भारतको भनाइ

आइतबार, माघ २ २०७८

काठमाडौँ l भारत सरकारले लिपुलेक विवादबारे स्पष्टीकरण दिएको छ । भारतीय दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै नेपालसँगको सिमानाका सम्बन्धमा आफ्नो धारणा सार्वजनिकरूपमा यथावत र स्पष्ट रहेको बताएको हो । 

भारत–नेपाल सीमा समस्याबारे हालै नेपालमा सार्वजनिक भएका समाचार एवं वक्तव्यबारे दूतावासले दुई मुलुकबीच स्थापित अन्तर सरकारी संयन्त्रहरू वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने धारणा प्रष्ट्याएको छे। 

दूतावासले सीमाका विषयमा आफ्नो धारणा नेपाल सरकारलाई अवगत गराएको बताएको छ । विज्ञप्तिमा भनिएको छ – ‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयलाई सधैँ हाम्रो निकट तथा मैत्री सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ’ l

india-.jpg