शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

महामारीकै समयमा महंगीले जनताको ढाड सेक्यो, सरकार रमिते

शुक्रबार, पुष ३० २०७८

काठमाडौँ । कोरोना महामारीले धेरै मानिसको आर्थिक अवस्था कमजोर भइरहेका बेलामा महंगीले भने आम उपभोक्ताको ढाड सेकेको छ । निम्न मध्यम तथा निम्न बर्गिय परिवारको महंगीको मारमा परेका बेलामा भने सरकार भने रमिते बनेको छ।

यस्ता बर्गलाई महंगीको मारबाट बचााउनेगरि सरकारसँग कुनै योजना छैन । नत आफुखुसी सामानको मूल्य बढाउनेलाई सरकारले नियमन गर्ने आटसम्म गर्न सकेको छैन ।

यो वर्ष मूल्यवृद्धि ६ दशमलव पाँच प्रतिशतमा सीमित गर्ने सरकारको लक्ष्य भए पनि नियन्त्रण बाहिर गएको छ । गत मंसिरमा महंगी ७ दशमलव ११ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बिशेषगरि मंसिरमा घ्यू तथा तेल, यातायात, दाल तथा गेडागुडी र शिक्षातर्फको महंगी धेरै बढेकाले सरकारको नियन्त्रणभन्दा बाहिर गएको छ ।

 २०७७ मंसिरको तुलनामा यो वर्षको मंसिरमा घ्यू तथा तेल २८.५२ प्रतिशत, यातायात १६.२५ प्रतिशत र दाल तथा गेडागुडीको मूल्य ११.७९ प्रतिशतले बढेको देखिएको छ ।

कोरोना महामारीकै बीचमा विद्यालय तथा क्याम्पसले विद्यार्थीको शुल्क बढाउँदा शिक्षाको महंगी ११.७८ प्रतिशतर सुर्तीजन्य वस्तुको ११.७४ प्रतिशतले उकालो लागेको छ । क्षेत्रगत रुपमा हेर्दा तराईमा सबैभन्दा बढी महंगी बढेको देखिन्छ ।

तराईमा ७.५२ प्रतिशतले महंगी बढ्दा काठमाडौं उपत्यकामा ५.९१ प्रतिशतले बढेको छ । उपत्यकामा भन्दा पहाडमा पनि बढी महंगी रहेको देखिन्छ । पहाडमा ६.९५ प्रतिशत र हिमालमा ४.९१ प्रतिशतले महंगी बढेको छ ।

बजारमा तेल तथा खाद्य पदार्थसँगै पेट्रोलियम पदार्थको भाउसमेत अकासिएको छ । जसले उपभोक्तालाई दैनिकी टार्नै सकसपूर्ण छ । सरकारले बजारमा नियमन गरेको देखाएपनि प्रभावकारी हुन सकेको छैन ।

महंगी भन्दा ज्याला तथा तलबको बृद्धि निकै कम मात्रै भएको छ । महंगी ७ दशमलव ११ प्रतिशतले बढ्दा दैनिक मजदुरी गरेर ज्याला लिनेहरुको आम्दानी भने जम्मा ५.७१ प्रतिशतले बढेको छ ।