बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

पिएम टी २० आजदेखि , उद्घाटन खेलमा आर्मी र कर्णाली प्रदेश भिड्दै

सोमबार, पुष २६ २०७८

 

काठमाडौं ।  प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत पहिलो दिन आज चार वटा खेल हुदै छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश खेल्दै छन् । यस्तै कीर्तिपुरमै हुने दोस्रो खेलमा  सशस्त्र प्रहरीको विभागीय टोली एपीएफ क्लब र प्रदेश नम्बर २ को टोली खेल्नेछन् ।

मूलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश तथा  दोस्रो खेल वाग्मती प्रदेश र लुम्बिनी प्रदेश खेल्नेछन् ।

प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछन् । समूह  ए  मा आर्मी क्लब, पुलिस क्लब, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ रहेका छन् ।

यस्तै समूह  बी मा एपीएफ क्लब, वाग्मती प्रदेश, प्रदेश नम्बर २, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् । दुवै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।