शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गगनको गर्जनले पार्ला त देउवालाई असर !

शनिबार, पुष २४ २०७८

काठमाडौँ l नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने बताई रहदा सभापति देउवाको मन्साए भने फरक देखिएको छ l

नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणमा कांग्रेस कार्यकर्ताले अब बाबुरामलाई होइन रुखमै भोट हाल्छन् भनि प्रष्ट्याएका छन् भने यता देउवाको फरक रणनीति बनिरहेको छ l

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पुस ११ गते माओवादी केन्द्रको महाधिवेशन उद्घाटन सत्रमा आउँदो चुनावमा पनि गठबन्धन कायम रहने बताईसकेका छन् ।

स्थानीय, प्रदेश हुँदै संघीय निर्वाचनमा गठबन्धन दलहरुबीच तालमेलसहित चुनावमा जाने विषयमा कांग्रेसभित्र देउवा र गगनको मत बाझिएको छ । सभापति देउवा र उनीपक्षीय नेताहरुको बुझाइ गठबन्धन तोडे कमजोर भईन्छ भन्ने छ ।