शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मूल्य अभिबृद्धि कर सरकारले लक्ष्य अनुरुप उठाउन सकेन, खपतमा आयो कमि

शुक्रबार, पुष २३ २०७८

काठमाडौँ । आयात गरिएका वस्तुको खपतमा कमि आउँदा त्यसको सोझो असर मूल्य अभिवृद्धि करको असुलीमा परेको छ।

आन्तरिक राजस्व विभागले मंसिर मसान्तसम्म मूल्य अभिवृद्धि कर ४९ अर्ब ६९ करोड उठाउने लक्ष्य लिएकामा लक्ष्यको जम्मा ८९ प्रतिशत अर्थात ४४ अर्ब ५३ करोड मात्रै उठेको छ ।  जबकी यसबाहेक आयकर र अन्तः शुल्क भने लक्ष्य भन्दा पनि बढि उठेको छ ।

विभागले मंसिर मसान्तसम्म ६४ अर्ब उठाउने  लक्ष्य राखेकामा चार अर्ब बढि अर्थात ६८ अर्ब र अन्तः शुल्क ३६ अर्ब   राखेकामा ३ अर्ब बढि अर्थात ३९ अर्ब उठाएको छ ।  

बिकास खर्च हुन नसक्दा पनि गत वर्षभन्दा कम र यो वर्षकै पनि लक्ष्य अनुरुप मूल्यबृद्धि कर उठ्न सकेको छैन ।

सरकारले यो वर्षका लागि भनेर ४ खर्ब ३९ अर्ब छुट्टाएकोमा अहिलेसम्ममा ३८ अर्बमात्रै अर्थात बिनियोजित बजेटको जम्मा ८ प्रतिशत मात्रै खर्च भएको छ । जसका कारण  निर्माण व्यवसायीबाट राज्यलाई जाने मूल्यअभिबृद्धि बापतको रकम जान सकेको छैन ।

दैनिक उपभोग्य बस्तु तथा अत्याबश्यक बस्तु बाहेक अन्य बस्तुको खपतमा सरकारले मूल्य अभिबृद्धि कर लगाउने गर्छ ।

आयकर र अन्त : शुल्क उठ्नुले आर्थिक क्रियाकलापमा महामारीको प्रभाव भने खासै नपरेको देखाउँछ । साथै आयकर बढ्दा आम्दानी बढेको पनि पुष्टि हुन्छ । तर मूल्यअभिबृद्धि करमा  सरकारले लक्ष्य प्राप्त गर्न नसक्दा भने यसले बाह्य तथा आन्तरिक उत्पादनको खपतमा भने कमि आएको प्रष्ट पार्छं ।

विदेश पढ्न जाने  बिद्यार्थिले पनि मुलुकलाई मंसिरमसान्तसम्म २१  करोड २६ लाख रकम   शिक्षा  सेवा शुल्क बुझाएका छन् । यो भने गत वर्षको तुलनामा १० करोड बढि उठेको छ ।