शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रचण्डको स्वकीय सचिवालयका सदस्यमा कोरोना देखिएपछि माओवादी केन्द्रीय कार्यालय बन्द

शुक्रबार, पुष २३ २०७८

काठमाडौँ l नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यरत पाँच जनासहित ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रचण्डको स्वकीय सचिवालयका एक जनालाई र पार्टी कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको हो ।

केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको छ । कार्यालयका सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोनाभाइर संक्रमण भएपछि प्रचण्डले बिहीबारबाटै भेटघाट बन्द गरेका छन् ।

‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड-संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिनयतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौं’, प्रचण्डको स्वकीय सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सूचनामा पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोशिस गरेको उल्लेख गर्दै कतिपय सम्वाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गर्ने जनाइएको छ ।