काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण फेरि मुलुकका अधिकांस स्थानमा आज मौसम बद्ली हुने देखिएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ती प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् शमीर श्रेष्ठको भनाई छ ।
आज दिनभरजसो पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पर्ने देखिएको छ ।
भोलिदेखि काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा हल्का पानी पर्ने महाशाखाको अनुमान छ । यस्तै, पर्सि शुक्रबार पनि मौसम बद्ली भइ केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
आउँदो शनिबारसम्म नै मौसम बद्ली हुने पूर्वानुमान गरिएको छ ।
वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।