काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम अन्तरगत आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने भएको छ ।
पुर्वघोषित कार्यतालिका अन्तरगत निर्वाचन आयोगले उजुरी दिन भनेको हो ।
उजुरी दिनका लागि बिहान १० देखि अपरान्ह चार बजेसम्मको समय तोकिएको छ ।
आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ४३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
१९ सिटका लागि मतदान हुन लागेको छ ।
निर्वाचन प्रणाली अनुसार स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभा सदस्यले मत हाल्न पाउनेछन् ।
निर्वाचनका लागि अधिकांश प्रदेशमा सत्तागठबन्धनका तर्फबाट संयुक्त रूपमा र नेकपा एमालेले एक्लै उम्मेद्वारी दर्ता गराएको छ । केही प्रदेशमा भने राष्ट्रिष्य प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।