काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सुनसरी जादै छन् ।
सुनसरीको धरानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन देउवा हेलिकोप्टर मार्फत त्यसतर्फ जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । देउवा बिहान १० बजे धरान पुग्ने र अपरान्ह चार बजेसम्म त्यतै रहने बताइएको छ ।
धरानमा रहदा प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर एकको भवन उद्घाटन गर्ने कार्यतालिका छ। लगत्तै प्रधानमन्त्री देउवाले नवनिर्मित फोहोर मैला प्रशोधन केन्द्रको अवलोकन तथा उद्घाटन गर्ने अर्को कार्यक्रम पनि तय गरिएको छ।
त्यस्तै, प्रधानमन्त्री देउवाले धरानको निर्माणाधीन बसपार्कको निरीक्षण गर्ने छन् ।
धरानको कार्यक्रम सकेर प्रधानमन्त्री देउवा आजै अपराह्न ४ बजे काठमाडौं फर्कने छन् ।