काठमाडौँ l नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ।
आजको बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ। माओवादीमा अध्यक्षसहित १५ जना पदाधिकारी रहने व्यवस्था छ। जसमा एकएक जना अध्यक्ष, महासचिव र कोषाध्यक्ष, एक वरिष्ठसहित सात उपाध्यक्ष, दुई उपमहासचिव र तीन सचिवको नाम बैठकले टुंग्याउनेछ।
आठौं महाधिवेशनको आठौं दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बन्दसत्रमा २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए। जसलाई हलले पास गरेको थियो ।
त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो । समानुपातिकतर्फ २९ र खुलातर्फ ३४ जना केन्द्रीय सदस्य छनोट हुन बाँकी छ।