बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रौतहट जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ६ पुग्यो, तीनजना उपचाररत

बुधबार, पुष १४ २०७८

काठमाडौं ।  रौतहटमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।  

आज दिउसो रौतहटको गढीमाई नगरपालिका–३ गम्हरियाबाट परोहा नगरपालिकाको नरकटियामा   भारतीय नम्बरको जीप दुर्घटना हुँदा गढीमाई नगरपालिका–३ गम्हरिया टोलका  १६ वर्षीय शेष नौसाद, २२ वर्षीय शेष सैनुल्लाह, २५ वर्षीय छोटु भन्ने शेष अफताब, ५५ वर्षीय डाक्टर मोसाफिर अन्सारी, ४० वर्षीय शेष अबुलेस र १७ वर्षीय शेष अजिबुल्लाहको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । 

दुर्घटनामा घाइते भएका सोही स्थानका १५ वर्षीय शेष अमानत र १७ वर्षीय शेष करिमुल्लाहको गरुडाको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। यस्तै अर्का घाइते १६ वर्षीय शेष अल्फाजको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जीपमा ९ जना सवार थिए।