शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विहिबारसम्मै जाडो बढ्ने, हिमाली भेगमा हिमपात

मंगलबार, पुष १३ २०७८

काठमाडौं । पछिल्ला केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आगामी तीन दिनसम्म जारी रहने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार न्यून चापीय प्रणाली आगामी बिहीवारदेखि कमजोर बन्दै जाने छ । विभागका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ । राति पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्णतया बदली रहनेछ । तराईमा आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा हल्का वर्षा हुनेछ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागको भनाई छ । 

भोलि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।