काठमाडौँ l प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी राष्ट्रहितमा रहेको दोहोर्याएका छन्। माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी देशको हितमा भएकाले पारित गर्नुपर्ने जिकिर गरेका हुन्।
उनले आफू देशको प्रधानमन्त्री भएकाले देशको हित विपरीत जान नसक्ने दाबी गर्दै सम्झौत पढ्न सुझाए।
देउवाले भने, ‘यहाँ एमसिसीबारे बोल्नै पर्ने भो, राष्ट्रघाती भन्नेले पहिला पढ्नु पर्यो। म नेपालको प्रधानमन्त्ती हो, म राष्ट्रघातको विरुद्धमा जान सक्दिन। तपाईं पनि बढ्नुहोस् , छलफल गर्नुहोस्। यो नेपालको हितमा छ। सित्तैमा आएको पैसा हो। विश्व बैंक, एशियाली विकास बैंकले दिँदा उसको शर्त राख्छ। राम्रोसँग बुझ्नु पर्यो क्या, त्यहाँ नेपालको कानुन मान्छु भएको छ।’
महाधिवेशनमा शुभकामना दिन पुगेकी पाँच दलीय गठबन्धन जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भने एमसिसी राष्ट्रघाती भएको टिप्पणी गरेकी थिइन्।