काठमाडौँ l ललिता निवास जग्गा हिनामिना प्रकरणका मुख्य बिचौलिया सुवेदीद्धय पक्राउ परेकाछन । केन्दिय अनुसन्धान व्युरो (सिआईबी) ले ललिता निवास जग्गा हिनामिना प्रकरणमा बिचौलियाको भुमिका निर्वाह गर्ने काठमाडौ महानगरपालिका वडा न १३ ताहाचल बस्ने ५७ बर्षिय राम कुमार सुवेदी र सोही स्थान बस्ने ५५ बर्षिया माधवी सुवेदीलाई पक्राउ गरेको जानकारी दिएको छ ।
सिआईबीका अनुसार पक्राउ परेका मध्ये रामकुमारको हैसियत सरकारी जग्गा गुठीको नाममा बनाई हाल उक्त जग्गा निज राम कुमार सुवेदी समेतको नाममा रहेको देखिएको र माधवीको हैसियत सरकारी जग्गा गुठीको नाममा बनाई हाल उक्त जग्गा निज माधवी सुवेदी समेतको नाममा रहेको देखिएको सिआईबीले जानकारी दिएको छ ।
समरजंग कम्पनीको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी राम कुमार सुवेदी समेतका प्रतिवादीहरुले तत्कालिन श्री ५ को सरकारबाट रितपूर्वक मुआब्जा दिई अधिग्रहण गरिएको काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका, वडा नं.४ बालुवाटार स्थित ललिता निवास क्याम्प भित्रको सरकारी जग्गा विभिन्न व्यक्तिहरुको संलग्नतामा झूठो र किर्ते समेतको फरक व्यहोराको प्रस्ताव पेश गरी, कानूनको दुरुपयोग र अपव्याख्या एवं मन्त्रिपरिषदको निर्णय विपरित समेत गरी बदनियतपूर्वक राज्यलाई हानी हुने गरी नेपाल सरकार समरगंज कम्पनीको नाममा रहेको सरकारी जग्गा अन्य व्यक्तिहरुलाई फाईदा हुने गरी सार्वजनिक र सरकारी जग्गा हिनामिना र हानी नोक्सानी पुर्याएको भन्ने समेत व्यहोराको लिखत सम्बन्धी कसूर मुद्दामा अनुसन्धानको क्रममा ति दुई व्यक्तिहरुलाई पक्राउ गरिएको सिआईबीले जानकारी दिएको छ ।
पक्राउ परेका दुबै व्यक्तिलाई यही पुस छ गते पक्राउ गरी काठमाण्डौ जिल्ला अदालतबाट दिन पाँच दिन म्याद थप अनुमती लिई अनुसन्धान भईरहेको सिआईबीले जनाएको छ ।