शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गठबन्धनमा गडबडी !

सोमबार, पुष ५ २०७८

काठमाडौँ l प्रधानमन्त्री शेरबहादुर देउवाले आईतबार आफ्नै निवास बालुवाटारमा सर्वदलीय बैठकको आह्वान गरेका थिए । उक्त बैठकमा उनले एमसीसी लगायतका विषयमा छलफल गर्ने रणनीति तयार गरेका थिए ।

तर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहेको सर्वदलीय बैठक अमेरिकी सहायता निकाय मिलेनीअम च्यालेन्ज कर्पोरेशन सम्झौता एमसीसीबारे साझा धारणा तय गर्न असफल भएको छ । 

बैठकमा प्रधानमन्त्रीको जोडबल एमसीसी अघि बढाउन ढिला भयो भन्ने थियो तर सत्तारूढ दलभित्रैका नेताहरूबाट एमसीसीका विषयमा विभाजित भनाइ आयो, एमसीसीमा सहमति हुने अवस्था छैन तर देउवाको जोडबल छ l गठवन्धनका प्रमुख दुई दल माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधनबिना एमसीसी पास गर्न नहुने अडानमा छन् ।

गठवन्धनको अर्को दल राष्ट्रिय जनमोर्चा एमसीसीको विपक्षमा रहेको छ भने जनता समाजवादी पार्टीले एमसीसीबारे हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन । तर, जस्पाका अध्यक्ष डा बाबुराम भट्टराई भनेएमसीसीको पक्षमा खुलेर लागेका  छन् ।

प्रमुख प्रतिपक्षी एमालेले भने एमसीसीलाई सत्ता गठवन्धन टुटाउने रणनीति बनाएको छ । आफू प्रधानमन्त्री रहेका बेला एमसीसी पास गर्न अथक प्रयास गर्नुभएका अध्यक्ष केपी ओली अहिले मौन हुनुहुन्छ । एमालेको मौनतालाई गठवन्धन भत्काउने रणनीतिका रुपमा आशंका गरिएको छ ।