हेटौंडा l नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत् कृषिउद्यम केन्द्रमार्फत् मंसिर २३ देखि २९ सम्म रहेको हेटौंडा हुदैँ मोरङ, धनकुटादेखि भोजपुरसम्मको १ सय किसान अभियानयात्रा सकिएको छ । यात्रा निकै उत्साहजनक र फलदायी रहेको केन्द्रले जनाएको छ ।
सरकारपछिको दोस्रो ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत्को केन्द्रलगायत जिल्लाका अन्य समितिले पनि नेपालको कृषिमा लगानी गर्नु र प्रविधि भित्र्याउनुले नेपालमा कृषिप्रतिको आकर्षणलाई केन्द्रित गरेको केन्द्रका सभापति अरुणराज सुमार्गीले बताए ।

लागत कम गर्ने र सजिलो छिटो काम हुने प्रविधि र ती प्रविधिलाई किसानमैत्री बनाउने प्राविधिकलाई किसानका खेतखेत सम्म नपु¥याएसम्म नेपाल कृषिक्षेत्रमा सफल हुन असम्भव रहेको भन्दै उनले ‘प्रविधि, प्राविधिक, पुँजी र बजार’ को पहुँच किसानसम्म पु¥याउने हेतुले सुरु भएको १ सय किसान अभियानले नेपालको समग्र किसानको मुहार फेर्ने र राज्यको ढोका ढकढक्काएर भएको अनियमिततालाई सही बाटोमा ल्याउने आशा व्यक्त गरेका छन् ।
‘हामीले सुनेको, पढेको रहरको खेतीले नेपालको कृषिले नेपाललाई आत्मनिर्भर बनाउन सक्दैन । व्यवहारिक कृषि निकै फरक र गा¥हो छ,’ उनले नेपालमा किसानको स्तर जहाँको त्यहीं रहनुमा थुप्रै कारण छन् । उनले बीउबिजनलगायत लागत खर्च हेर्ने हो भने छिमेकी देशको भारतको तुलनामा १ सयदेखि ३ सय प्रतिशत् महंगो पर्न आउने बताए ।
राज्यले प्रत्येक वर्ष छुट्याउने हराहारी ४० अर्बको चरम दुरुपयोग भएको छ । नतिजामुखी कृषिप्रविधि र कार्यक्रम भन्दा देखावटी र बजेट सक्ने नियतले मात्र योजना बनेका छन् । केही किसानले पाएका छन् तर त्यसको नतिजा के ?,’ उनको प्रश्न छ । बजार व्यवस्थापनको जति ठूलो ढुंग्रो पिटिए पनि अव्यवस्थित रहेको भन्दै उनले ८०ः२० अनुपातमा कुल मूल्यको ८० प्रतिशत् किसानलाई व्यवस्था नभएसम्म किसान आफ्नो पेशामा सफल हुन त के चल्न पनि नसक्ने दाबी गरे ।