काठमाडौँ । नेपाली सेनाको गोरखनाथ गणले सरकारी, गैरसरकारी तथा सुरक्षा निकायहरुसँगको समन्वयमा खोटाङ जिल्लामा विपद् व्यवस्थापन सम्बन्धी तीन दिने #TabletopExercise सञ्चालन गरेको छ ।
विपद् व्यवस्थापन कार्य प्रभावकारी ढंगले सञ्चालन गर्ने उद्देश्यका साथ खोटाङ जिल्लामा रहेका विपद व्यवस्थापन सम्बन्धी कार्य गर्ने सरकारी, गैरसरकारी तथा सुरक्षा निकायहरुसँगको समन्वय तथा जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा २०७८ मंसिर २३ गतेदेखि मंसिर २५ गतेसम्म नेपाली सेनाकाे गोरखनाथ गणले विपद् व्यवस्थापन सम्बन्धी तीन दिने #TabletopExercise सञ्चालन गरेको छ ।

उक्त अभ्यासका दौरान विभिन्न प्रस्तुतिकरण, छलफल तथा अन्तरकृयाका साथै फाईटिङ्ग र रोप रेस्क्युको डेमो समेत प्रदर्शन गरिएको थियो ।(हेर्नुस् तस्बिर)

