शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस नेतृत्व : दोस्रो चरणमा कसको समर्थन कसलाई ?

मंगलबार, मंसिर २८ २०७८

काठमाडौँ l नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशनमा भएको निर्वाचनमा सभपतिका उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको चुनाव हुन लागेको छ ।

प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचन सुनिश्चित गर्न सिंह र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसँग वार्ता र छलफल अघि बढाएका छन् । देउवाको दूत बनि गृहमन्त्री बालकृष्ण खाँण सभापतिका प्रत्यासी नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् भने रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा देउवा आफै पुगेका छन्। 

पौडेलले आयोजना गरेको चियापानमा प्रधानमन्त्री कार्यक्रमस्थलमा छिर्ने बित्तिक्कै पौडेल समर्थकले शेखरलाई मतदान गरौं,रामचन्द्र पौडेल बोल्नैपर्छ,शेखर हाइहाई भन्ने नारा लगाएका छन् । 

अर्कोतर्फ प्रकाशमानले देउवालाई समर्थन गर्ने सम्भावना नदेखिएको बताइन्छ । तर ठूलै पदको अफर भएमा उक्त सम्भावना उल्टिने स्थिति समेत आज बिहान गृहमन्त्री बालकृष्ण खाँणसँगको भेटघाटपछि बनेको स्रोतको दाबी छ । सिंहलाई पार्टीभन्दा सत्तातिर आकर्षण गराइएको पार्टीभित्रका देउवा इतरहरुको भनाइ छ ।

विमलेन्द्र निधिले भने कुनै पनि हालतमा प्रधानमन्त्रीलाई समर्थन नगर्ने अवस्था कायम छ ।