शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संसद बैठक दिउँसो दुई बजे, एमालेले अवरोध गर्ने

मंगलबार, मंसिर २८ २०७८

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउसो दुई बजे बोलाइएको बैठकमा   सुरक्षा, न्यायलगायत ६ वटा अध्यादेश पेश हुँदैछन् ।

प्रतिनिधिसभाको दशौं अधिवेशनको पहिलो बैठकको  कार्यसूचीको  पहिलो नम्बरमा अधिवेशन सुरु भएको भन्ने ब्यहोराको राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धि पत्र पढेर सुनाउने कार्यतालिका छ।

संसदको हिउदे अधिवेशनको पहिलो बैठकमा अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज परियोजना एमसीसी सम्झौता पेश गरिने आँकलन गरिए पनि आजको कार्यसूचीमा एमसीसी परेको छैन ।  

प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने पार्टीले कारवाही गरेका व्यक्तिहरूलाई बैठकमा सहभागि हुन दिएको भन्दै सदन अवरोध गर्ने बताउँदै आएको छ ।