शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संस्थापन पक्षले योजना बमोजिम मध्यरातसम्म मतदान गराएको कार्यकर्ताको आरोप, गृहमन्त्री खाँड राती दुईबजेसम्म पनि फिल्डमै

मंगलबार, मंसिर २८ २०७८

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि भएको मतदान राती साढे १२ बजे मात्रै सकिएको छ । तीन तीन पटक समय थप्दै गरिएको मतदान अन्ततः साढे १२ बजे सकिएको हो ।

मतदान सकिदै गर्दा प्रतिनिधिहरुले भने मिश्रित प्रतिक्रिया दिएका छन् । संस्थापन पक्षका कार्यकर्ताले निर्वाचन ढिलो भए पनि निष्पक्ष र पारदर्शी भएको भन्दै नेतृत्वको प्रशंसा गरेका छन् ।

संस्थापन इतरका कार्यकर्ताले भने निर्वाचनमा भएको ढिलाई प्रति रोष प्रकट गरेका छन् ।  संस्थापन पक्षले राज्य सत्ताको बलमा कार्यकर्ताको मनोबल गिराउन योजना अनुरुप नै मतदान कार्यलाई भद्दा बनाएको कतिपयको टिप्पणी छ ।

संस्थापन पक्षले शक्तिको बलमा निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न मध्यरातसम्म चुनाव गराएको आरोप पनि कतिपयले लगाएका छन् । मतपेटिकामा लगाइएको सिलमा प्रश्न उठाउदै उम्मेद्वारका प्रतिनिधिले प्रश्न उठाएपछि विहान साढे तीन बजेसम्म पनि मतगणना हुन सकेको छैन ।

प्रधानमन्त्री एवं सभापतिका प्रत्यासी शेरवहादुर देउवाका निकट गृहमन्त्री बालकृष्ण खाँड निर्वाचनको अनुगमनका लागि मतगणनास्थलमै छन् । प्रधानमन्त्री देउवाका दाहिने हात मानिने खाँड मतगणना स्थलमै रहनुलाई अर्थपूर्ण मानिएको छ । सभापतिका अन्य प्रत्यासी भने अनुपस्थित छन् ।