शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

लिङ्देनलाई थापाको पत्र- राजाबाट विगतमा झै प्रजातन्त्र मास्ने काम हुँदैन भन्ने के ग्यारेन्टी छ?

मंगलबार, मंसिर २८ २०७८

काठमाडौँ । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएका छन् । उनले चुनावमा निर्मला निवासले गरेको हस्तक्षेपबारे छानवीन गर्नु भन्दै सोमबार पत्र पठाएका हुन् ।

‘पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालयले गरेको हस्तक्षेप (जसको हामीसँग यथेष्ट प्रमाण छ) अब जगजाहेर भइसकेको छ। स्वयं पूर्वराजाको प्रत्यक्ष निर्देशनमा उहाँका सचिवहरु र नातेदारहरूले राजाको चाहना भन्दै महाधिवेशन प्रतिनिधिहरूलाई दबाब दिने तथा प्रलोभनमा पार्ने काम खुला रुपमा भयो। उनले पत्रमा लेखेका छन्, ‘पार्टीको आन्तरिक मामिलामा पार्टी इतर शक्तिबाट भएको हस्तक्षेप अमर्यादित, अवाञ्छनीय र निन्दनीय रहेको छ।’  

‘शतप्रतिशत राजावादीहरु भएको दलमा त पूर्वराजाको हस्तक्षेप हुन्छ भने भोलि राप्रपाको परिकल्पना अनुरुप राजसंस्था स्थापित भयो भने राजबाट अन्य दल र राजनीतिमा हस्तक्षेप हुँदैन तथा विगतमा झै प्रजातन्त्र मास्ने काम हुँदैन भन्ने के ग्यारेन्टी छ? भनि प्रश्न गर्नेहरुलाई हामीले के र कसरी जवाफ दिने ? उनले प्रश्न गरेका छन् ।

उनले आफू पार्टी हित र एकताको पक्षमा मन, वचन र कर्मले प्रतिवद्ध रहेको पनि उल्लेख गरेका छन्। 

‘पार्टीको वृहत्तर हित र एकताको पक्षमा म मन वचन र कर्मले प्रतिवद्ध छु। यो पार्टीमा मेरो रगत पसि