काठमाडौं । सरकारले आगामी सातादेखि १२ देखि १८ वर्षसम्मका झण्डै १८ लाख बालबालिकालाई मोडर्ना खोप लगाउने तयारी गरेको छ ।
मुलुकभरका ५७ जिल्लाका बालबालिकालाई विद्यालयमै गएर खोप लगाउन लागिएको हो । यसअघि फाइजर खोपको पहिलो डोज लगाइएका जिल्ला बाहेकलाई यसपटक खोप लगाउन लागिएको हो ।
नेपाल सरकारले कोभ्याक्स सुविधा अन्तर्गत ३६ लाख ५१ हजार बढी मोडर्ना खोप नेपाल आइसकेको छ ।
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख सुरेन्द्र चौरसियाले हिजो मात्रै १९ लाख ६५ हजार ६ सय मात्रा मोर्डनाको खोप नेपाल भित्रिएको जानकारी दिए ।
चौरसियाका अनुसार मोडर्नाको खोप आउँदो पुस ४ गतेदेखि विद्यालय पुगेर लगाउन समन्वय भइरहेको छ ।