शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेस अधिवेशनका कारण उपत्यका प्रवेश गर्ने नाकामा गाडीको चाप बढ्यो, ट्राफिक डाइभर्सनको तयारी

शुक्रबार, मंसिर २४ २०७८

काठमाडौं । कांग्रेस महाधिवेशनका लागि काठमाडौं आउनेहरुको लर्कोले उपत्यकामा सवारी चाप बढेको छ ।

कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने भने पनि काठमाण्डौ आसपास जिल्लाका नेता, कार्यकर्ता स्वस्फूर्त काठमाण्डौ आउन थालेका छन् ।  

मुख्य नाकासँगै काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा  चाप बढ्न थालेको ट्राफिक प्रहरीले जनाएको छ । गएको २४ घण्टामा काठमाण्डौसँग जोडिएका विभिन्न पाँच नाकाबाट झण्डै ५० हजार यात्रु उपत्यका भित्रिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार यो अवधिमा ८ हजार ६ सयभन्दा धेरै काठमाडौं प्रवेश गरेका छन् ।
यो सङ्ख्या आज अझै बढ्न सक्ने अनुमान छ ।  

यसअघि सामान्य दिनमा विभिन्न नाका भएर ६ ७ हजारको हाराहारीमा गाडी उपत्यका भित्रिने गरेका थिए  ।  कांग्रेस महाधिवेशनका कारण काठमाण्डौमा चहलपहल बढेको छ ।

बिहान ९ बजेसम्म ओहोरदोहोरमा खासै समस्या नभए पनि त्यसपछि जाम हुने गरेको छ । बढ्दो चापलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले  गाडी डाइभर्सन गर्ने तयारी गरेको छ ।