शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नेताहरु मिल्नुस् काँग्रेस जोगाउनुस्

मंगलबार, मंसिर २१ २०७८

काठमाडौँ l नेपाली काँग्रेस नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा पौडेल पक्षीय नेताहरुको छलफल चलिरहदा संस्थापनइतरका युवाहरूले ‘नेताहरु मिल्नुस् काँग्रेस जोगाउनुस्’ भन्दै बैठक स्थलबाहिर धर्ना दिएका छन् l 

साझा उम्मेदवारको विकल्प नरहेको बताउदै नेताहरुलाई सहमतिमा पुग्न दबाब स्वरुप युवाहरुले बैठक स्थलबाहिर प्लेकार्डसहित प्रदर्शन गरिरहेका छन् । एकता मात्रै जितको आधार हो, नेताहरु मिल्नुस् काँग्रेस जोगाउनुस् जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका हुन् ।

सभापतिका आकांक्षी चार जना नेताले सहमतिमा साझा उम्मेदवार तय नगरे संस्थापनइतरका युवाहरूले उपसभापतिसहितको प्यानल घोषणा गरेर मैदानमा जाने चेतावनी दिएका छन्।

चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङलगायतका नेताले उक्त चेतावनी दिँदै डेटलाइनभित्र सहमति जुटाउन भनेका छन्। अन्यथा दुई उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्षसहितको टिम घोषणा गरेर अघि बढ्ने चेतावनी दिएका हुन्।