शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

को बन्दै छ देउवा विरुद्ध साझा उमेदवार ? यस्तो भयो पौडेल समुहमा सहमति !

मंगलबार, मंसिर २१ २०७८

काठमाडौँ l पौडेल समूहमा एकमात्र सभापतिको उम्मेदवार बनाउने सहमति भएको छ । कांग्रेसको १४ औं महाधिवेशन आउन केही दिनमात्र बाँकी रहेका बेला संस्थापन इतर समूहका सभापतिका आकांक्षी नेताहरुबीच सोमबार साँझ छलफल भएको थियो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहाटारमा पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल भएको थियो ।

सो छलफलमा साझा उम्मेदवार बनाउने सहमति भएको एक नेताले जानकारी दिए । तर, सभापतिको उम्मेदवार को भन्ने विषयमा भने खुलाइएको छैन।

तर, दुई दिनभित्र साझा उम्मेदवार घोषणा गरिने नेताहरुले बताएका छन् ।