काठमाडौँ l नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, यूकेको चौथो सम्मेलन आगामी १२ डिसेम्बरमा हुने भएको छ । हालै देखिएको कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै मञ्चको चौथो सम्मेलन आगामी १२ डिसेम्बरमा जूम मीटिङ मार्फत संचालन गर्ने भएको हो l
गत बुधबार बसेको आयोजक समितिको बैठकले कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको जोखिम बढीरहेकोले भौतीक रुप्मा उपस्थीत हुन न सक्ने जानकारी गराउदै आम कार्यकर्ताको चाहना अनुसार जूम मीटिङ मार्फत नेपाली जनप्रगतिशील मंच, राष्ट्रिय कमिटिको अधीबेशन गर्न लागीएको जानकारी तीन घुम्तीलाई गराएको छ l
नेपाली जन प्रगतीशील मंच ,युकेले नेपालको राजनैतिक परिघटनाको उतारचढावको कारण केही समय सिथिल रहेको संगठनलाई पुनः सक्रिय तथा एकीकृत बनाउदै लाने साथै नेपालको सामाजवादी आन्दोलन र प्रवासमा दुःख सुखमा परेका सबै नेपालीहरुलाई सहयोग गर्ने साथै न्याय पूर्ण संसार भरीको आन्दोलनमा ऐक्यवद्धता जनाउदै अगाढी अपेक्षा गरीएको छ l सम्मेलनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’ रहनु हुनेछ ।
त्यसैगरी विशेष अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र अतिथिमा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा र सचिब टिबी पाठक, नेपाली जनप्रगतिशील मंच यूरोपका अध्यक्ष सुरेन्द्र भुसाल, सचिव रण खाती क्षेत्री रहनु हुने छ । संचार तथा प्रचार प्रसार विभाग-इन्चार्ज कान्छा राम बुढाथोकी (बिनय)ले NPPF बेलायत को केन्द्रको नीती नीयम अनुसार विधान संशोधन कार्य दुर्त गतीमा भै रहेको र नेपाली जनप्रगतिशील मञ्च, यूके बिधीवत रुपमा बेलायतमा कम्पनी ऐन अनुसार दर्ता भएको जानकारी दिनु भएको छ l
निर्णयहरू
१. यूरोप मोर्चाको निर्देशन बमोजिम यस अघि सम्मेलनका लागि तय गरिएको मिति आईतबार १९ डिसेम्बर केन्द्रको लागि समेत वैधानिक नहुने जानकारी यूरोप मोर्चा सचिब कमरेड बाट बैठकमा प्रस्तुत गर्नु भएको ले माथिल्लो कमिटीको निर्णय मान्नु पर्ने बिधी र पद्दती अनुसार छलफल पश्चात १२ डिसेम्बर आईतबारका लागि तय गर्ने निर्णय भएको छ।
२. बढदो कोरोना सॅक्रमण र समयको समेत ख्याल गर्नु पर्दा यो सम्मेलन भर्चुयल रूपमा बिहानको ११ बजे बाट शुरूगर्ने निर्णय भएको छ।
३. सम्मेलन मार्फत चयन हुने कार्यसमितिका लागि उम्मेदवारी शुल्क निम्नानुसार तोकिएको छ:
४. सम्मेलन सफल बनाउनका लागि अघ्यक्ष कमरेडले यस मोर्चाका कुनै पनि सदस्यलाई आवश्यकता अनुसार जिम्मेवारी तोक्न सक्नु हुनेछ ।
नेपाली जनप्रगतिशील मंचको , युके अधीबेशन दौरान १२/१२/२०२१ सम्म कार्यरत कमिटी !
सल्लाहाकार
अध्यक्ष
सचिव
संगठन विभाग – इन्चार्ज
संचार तथा प्रचार प्रसार विभाग-इन्चार्ज
महिला विभाग – इन्चार्ज
विद्यार्थी तथा युवा विभाग -इन्चार्ज
आर्थिक विभागका – इन्चार्ज
सदस्य