काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा अस्पतालबाट डिस्चार्ज भएका छन्। सर्वोच्च अदालतमा उनीविरुद्ध आन्दोलन चलिरहेका बेला कोभिड संक्रमण देखिएपछि उनी सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका थिए।
सोही क्रममा आन्दोलनमा रहेका वकिलहरूले सत्ता गठबन्धनका नेतालाई भेटेर निकासका लागि पहल गर्न भनेका थिए। गठबन्धनको बैठकले अस्तीमात्र कार्यबाहक तोक्नका लागि राणालाई सुझाव दिएका थिए।
तर राणाले आन्दोलनकारी वकिलको अभियानलाई तुवाएका छन् भने कार्यबाहक नतोक्ने निर्णयसँगै गठबन्धनलाई जिल खुवाएका छन्। सत्ता गठबन्धनले उनलाई महाअभियोग लगाउन सक्ने अवस्था छैन भने राजीनामा आउने त कुरै भएन।
बरु दिनदैन्य राणाका पक्षमा नयाँ वानेश्वरमा स्वतन्त्र वकिलहरूले आन्दोलन जारी राखेका छन्। एक जना वकिल भन्छन्,‘राजीनामा कसैले मागेर दबाब दिएर दिने कुरा होइन, कार्यबाहक तोक्ने नतोक्ने प्रधानन्यायाधीशको तजबिजको कुरा भयो।’
उता सर्वोच्च अदालतमा बुधबारदेखि गोलाप्रथाबाट पेसी तोक्न सुरु गरिएको छ। राणा अस्पतालबाट फर्किएसँगै अबका इजलास कसरी तोकिन्छन् भन्ने विषय र आन्दोलन के होला भन्ने विभिन्न अड्कलबाजी सुरु भएका छन्।