काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्पतालबाट निको भएर घर फर्किएका छन् । कोराना संक्रमणका कारण निमोनिया देखिएपछि जबरा गत सोमबार काठमाडौको बलम्बुस्थित शसस्त्र प्रहरीको एपीएफ अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्यमा सुधार आएपछि उनी आज विहान साँढे ९ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
निमोनियाका कारण अस्पताल भर्ना भएका जबरामा उल्लेख्य सुधार भएको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

जबरा अस्पताल भर्ना भएपछि कायममुकायम प्रधानन्याधीश तोकिनु पर्ने माग गर्दै कानून व्यवसायीले गरेको विरोधका कारण सर्वोच्चको इजलास प्रभावित हुदै आएको छ ।
जबराले विरामी भएपनि घरबाटै काम गर्ने बताउदै आएका छन् ।