काठमाडौं । परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।
नतिजा सार्वजनिक गर्नका लागि बोर्डको बैठक बोलाइएको छ । बैठक विहान ९ बजे बस्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।
नतिजा प्रकाशनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेकाले अन्तिम रुप दिन बोर्ड बैठक बोलाइएको शर्माको भनाई छ ।
शर्माका अनुसार नतिजा आजै सार्वजनिक गर्ने तयारी छ ।
कक्षा १२ को परीक्षा गत भदौ अन्तिम साता सञ्चालन भएको थियो । दुई दुई पटकको स्थगनपछि गरिएको परीक्षामा मुलुकभरका तीन लाख ७५ हजार परीक्षार्थीले जाँच दिएका छन् ।