नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बन्जाडेको सडक दुर्घटनामा परेर निधन भएको छ।
रूपन्देही इन्चार्जसमेत रहेका बन्जाडे सवार मोटरसाइकललाई यात्रुबाहक बसले राती ९ बजेतिर बुटवलको जीतगढीमा ठक्करदिदा गम्भिर घाइते भएका बन्जाडेको उपचारका क्रममा मृत्यु भएको हो ।
बन्जाडेको आज विहान निधन भएको स्थानीय माओवादी नेता निर्मल जिसीले जानकारी दिए ।