बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राणालाई महाअभियोग लगाउन बारले सभामुखसहित सांसद्लाई ज्ञापनपत्र बुझाउने

सोमबार, मंसिर ६ २०७८

काठमाडौँ l  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटासहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै धर्ना र प्रदर्शन गर्दै आएको नेपाल बार एसोसिएसनले सोमबार महाअभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाउने भएको हो ।

सोमबार दिउँसो सभामुख सापकोटासहित संसदमा प्रतिनिधित्व गर्ने दलका संसदीय दलका नेता तथा प्रमुख सचेकतलाई जबरालाई महाअभियोग लगाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाउन लागेको बारले जानकारी दिएको हो ।