शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमसीसीको छिनोफानो संसदबाट गर्ने तयारी , विपक्षमा मतदान गर्नेहरुले अपजसको भारी बोक्नु पर्ने

शनिबार, मंसिर ४ २०७८

काठमाडौं । लामो समयदेखि राजनीतिक एजेण्डा बनाइएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौतालाई अब संसदले छिनोफानो गर्ने भएको छ ।

सत्ता गठबन्धनकै प्रमुख सहयात्री  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी सम्झौतालाई संसदको मतदानमा लैजान तयार भएसँगै वैदेशिक सहयोगका विषयमा भोटिङ्ग हुन लागेको हो ।  

सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनपछि बस्ने संसद बैठकमा एमसीसी सम्झौतामाथि मतदान हुने बताइएको छ ।

एमसीसी सम्झौता साढे २ वर्षदेखि प्रतिनिधिसभामा विचाराधीन छ । दुई वर्ष अगाडि २०७६ साल  असारमा संसद सचिवालयमा दर्ता भएको यो सम्झौतामा दलहरु अनिर्णित हुदा पटक पटक म्याद थपिदै आइएको छ ।  

पछिल्लो पटक थपेको म्याद पनि यहि महिनाको अन्त्यमा सकिदै छ । सम्झौताको म्याद सकिने अवधि नजिकिँदै जाँदा अमेरिकाले निर्णय लिन नेपालमाथि दबाव बढाएको छ ।

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रमुख दलका नेताहरुलाई भेटेर एमसीसीसबारे छिटो निर्णय लिन आग्रह गरेका छन् ।

अमेरिकी सहायक मन्त्री लूसँग भएको भेटमा  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदबाट निर्णय गरिने बताएका छन् । एमसीसीका विषयमा साझा सहमति जुट्न नसकेपछि  सत्तारुढ दलले संसदमा प्रवेश गराउन लागेका हुन् ।  

प्रधानमन्त्री शेरवहादुर देउवा र उहाको दल कांग्रेस एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गर्न खोजिरहदा माओवादी केन्द्रका अध्यक्ष दाहालले ग्रिन सिग्नल देखाएका हुन्  ।

लामो समय अर्निणित बस्दा सम्झौता अगाडि नबढाएको आरोप  आफूमाथि लाग्ने डरका कारण  संसदमा लगेर त्यसको अपजस विपक्षमा मतदान गर्नेहरुलाई दिन सरकार चाहन्छ ।