शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले महाधिवेशनकालागि चाहिने साढे ७ करोड रुपैँया कसले दिदैछ ?

शुक्रबार, मंसिर ३ २०७८

काठमाडौं । नेकपा एमालेले  दशौँ राष्ट्रिय महाधिवेशनमा  सात करोड ५० लाख रुपैँया खर्च हुने अनुमान गरेको छ ।

चितवनमा आगामी साता हुने महाधिवेशनका लागि  साढे ७ करोड लाग्ने सो पार्टीको आकलन  छ ।  

महाधिवेशनका लागि गठित मूल व्यवस्थापन समितिअन्तर्गतको आर्थिक समितिका संयोजक विष्णु रिमालले केन्द्रीय कमिटीको दायित्वमा त्यति रकम आवश्यक पर्ने बताए ।

महाधिवेशनको बन्दसत्र सौराहाको सेभेन स्टार होटलमा हुँदैछ । सो होटलमा एक हजार बढी प्रतिनिधिका लागि बासको व्यवस्था गरिएको छ । महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि सहभागी हुनेछन् । थप ५ प्रतिशत मनोनित हुँदा महाधिवेशनमा भाग लिने प्रतिनिधि झण्डै २२ सय पुग्ने छन् ।

 प्रतिनिधिको खानपान र बासका लागि एमालेलाई ७ करोड बढी पैसा चाहिने भएको छ । यसको जोहो एमालेले आफ्ना हरेक सदस्यलाई एक सय रुपैयाँ  पार्टीको बैंक खातामा जम्मा गर्न भनेको छ ।

यसअघि रकम नै तोकेर रसिद काट्दै आएको एमालेले यसपाली भने न्यूनतम रुपैँया पार्टीको खातामा जम्मा गर्न आग्रह गरेको छ ।

एमालेमा पछिल्लो पटक नवीकरण भएका पार्टी सदस्यको सङ्ख्या ८ लाख ५५ हजार ४ सय ५३ पुगेको एमालेको दाबी छ ।

अघिल्लो महाधिवेशनमा दुई करोड २५ लाख खर्च भएको थियो भने गत असोजमा गोदाबारीमा भएको विधान अधिवेशनमा ५ करोड खर्च भएको थियो ।