काठमाडौं । नेकपा एमालेले आफ्नो १० औँ महाधिवेशनका लागि मुलुकभरका प्रतिनिधी चयन सम्पन्न गरेको छ ।
गत शनिबारदेखि प्रतिनिधि छान्ने प्रक्रियामा एमालेले सर्वसम्मत प्रतिनिधी चयन गरेको हो । आगामी मंसिर १० गते हुने महाधिवेशनकालागि एमालेले मुलुकभरबाट १ हजार ९ सय ९९ प्रतिनिधि चयन गरेको कार्यालय सचिव शेरवहादुर तामांगले जानकारी दिए ।
चयन भएका प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा आइसकेको छ । १० औं महाधिवेशनले पदाधिकारीसहित २ सय २५ जनाको केन्द्रीय कमिटी निर्वाचित गर्ने छ ।
एमालेले यसपटकको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान गर्ने तयारी गरेको छ ।
विधान महाधिवेशन सकाएको एमालेले चितवन महाधिवशेनबाट नेतृत्व मात्रै चयन गर्ने छ । उसको महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुदै छ ।