शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

‘विप्लव’ को बन्दले गाडी नचल्दा यात्रुलाई सास्ती, ६ बन्दकर्ता पक्राउ

मंगलबार, कार्तिक ३० २०७८

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको बन्दका कारण यातायात सेवा प्रभावित भएको छ ।

काठमाडौँ उपत्यकाका मुख्य क्षेत्रहरुमा नियमित भन्दा निकै कम सवारी साधान चलेका छन् । तर केही मात्रा टेम्पु, माइक्रो तथा ट्याक्सीसहितका सार्वजनिक सवारी साधान चलेका छन् ।

यस्तै निजी सवारी साधान पनि केही चलेका छन् । तर अधिकांश रुपमा अरु दिनजस्तो चहलपहल देखिएको छैन । पसलहरु पनि कम खुलेका छन् ।

सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ ।

बन्द गराउँदै हिँड्ने कम्तीमा ६ जनालाई पक्राउ गरिएको काठमाडौँ प्रहरीको भनाई छ । महाराजगञ्जबाट तीनजना र साँखुबाट तीनजनालाई पक्राउ गरिएको हो ।

चन्द नेकपाले मूल्यवृद्धिको विरोधमा नेपाल बन्द आह्वान गरेको हो । सवारी साधान कम चल्दा सर्वसाधारण यात्रुहरु भने मर्कामा परेका छन् ।